• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

स्वारेज र काभानीलाई समेट्दै विश्वकपका लागि उरुग्वेको टोली घोषणा



काठमाडौं । आउँदो नोभेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि उरुग्वेले टिम घोषणा गरेको छ ।

उरुग्वेले लुइस स्वारेज र एडिन्सन काभानीनालाई समेट्दै शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

विश्वकपमा उरुग्वे समूह ‘एच’ मा रहेको छ । उरुग्वेले नोभेम्बर २४ मा दक्षिण कोरियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । उरुग्वेको समूहमा यी दुई टोलीसहित पोर्चुगल र घाना छन् ।