२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु-१५ महिला साफ च्याम्पियनसिप: नेपाल र बंगलादेश भिड्दै



अ+ अ-

काठमाडौं । यु-१५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

बंगलादेशको ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा नेपालले घरेलु टोली बंगलादेशसँग अन्तिम खेल खेल्दैछ । खेल नेपाली समय अनुसार सवा चार बजे सुरु हुनेछ ।

अन्तिम खेलमा दिपा रोकायको कप्तानीमा रहेको नेपालले बंगलादेशसँग खेल्दा उपाधि जित्ने लक्ष्य राखेको छ । बंगलादेशलाई हराएर वा बराबरी गरे मात्र पनि नेपालले उपाधि जित्नेछ । बंगलादेशले जित निकालेमा भने नेपाल उपविजेता हुनेछ ।

साफ च्याम्पियनसिपको शीर्षस्थानमा रहने टोली सिधै च्याम्पियन हुनेछ । सुरुवाती तीनै खेल जितेको नेपाल तालिकामा नौं अंक सहित शीर्षस्थानमा रहेको छ । तीन खेलबाट ६ अंक जोड्दै बंगलादेश दोस्रो स्थानमा छ । भुटान भने तालिकाको अन्तिममा रहेको छ ।