१४ श्रावण २०८३, बिहीबार
,
Latest
धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ ३ (१) मा मानबहादुर लिम्बूले गरे उम्मेदवारी दर्ता



अ+ अ-

विराटनगर । मोरङ क्षेत्र नं ३ को प्रदेशसभा क्षेत्र नं १ का लागि नेपाली कांग्रेसका तर्फबाट मानबहादुर लिम्बूले मनोनयन दर्ता गरेका छन् । बेलबारी–८ निवासी लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि र नेविसंघ मोरङका पूर्व सभापति हुन् ।

यसअघि उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको हो । थापाको निधनपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवार मनोनयन गर्न बिहीबार १० बजेदेखि १ बजेसम्मको समय दिएको थियो ।

लिम्बूले लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । लिम्बूले उम्मेदवारी दिएसँगै अब नेकपा (एमाले) का उम्मेदवार दिलीप राईसँग उनले प्रतिस्पर्धा गर्ने छन् ।

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री समेत रहेका सो क्षेत्रका उम्मेदवार थापाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालामा बुधबार निधन भएको थियो ।