२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ ३ (१) मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी



अ+ अ-

विराटनगर । नेपाली कांग्रेसले मोरङ ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा मानबहादुर लिम्बूलाई उठाउने तयारी गरेको छ । यसअघि उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको हो ।

महाधिवेशन प्रतिनिधि रहेका लिम्बूलाई उठाउने तयारी भएको तर केन्द्रबाट चिठी आइनसकेको मोरङका कांग्रेस सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो ।

आज उम्मेदवार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गर्ने तयारी निर्वाचन आयोगको छ ।

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री समेत रहेका सो क्षेत्रका उम्मेदवार थापाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालामा बुधबार निधन भएको थियो ।