२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीप्रति माधव नेपालको टिप्पणी– स्वार्थीहरुले जनतालाई गफले अल्मलाए(भिडीयोसहित )



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले जनतालाई गफले अल्मलाएको टिप्पणी गरेका छन् । आज बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले स्वार्थी मान्छेहरुले जनतालाई गफले अल्मलाएको बताए । उनले चेतना नभएको र भ्रममा परेको जनतालाई जसले पनि अल्मल्याउन सक्ने बताए । उनले भने,’झूटो प्रचार गरेर अल्मल्याउन सक्छ । हावा गफ गरेर अल्मल्याउन सक्छ । त्यसभित्र केही तत्वहरु हुन सक्छ । जसमा स्वार्थपन रहेको हुन्छ । स्वार्थमा गाजिएका हुन्छन् । केही केही पार्टीहरु देख्नुभएको छ । गफाडीको गफ गर्ने थलो भएको छ । अनि केही मान्छेहरुलाई यतिकै गफ र स्वार्थमा अल्मलाएर राखेको हुन्छ ।’

अध्यक्ष नेपालले केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरुलाई केपी ओलीलाई ढालेर देखाएको टिप्पणी गरेका छन् । आफूले टक्कर दिएपछि ओली बौलाएर हिँडेको उनले बताए ।

उनले भने,‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिन्दै भनेर । टक्कर दिएपछि अहिले केपी ओली बौलाएको होकी के बोल्छन् बोल्छन् । बरबराएको होकी उटपटयाङ कुरा गर्छन । त्यो सबै संग्रह निकाल्न पर्यो केके बोल्यो सुरु देखि अहिलेसम्म केके गाली गलौजको भाषाहरु बोलेको छ । उनका कुराहरु भनेको आक्रोशले भरिएको छ ।’