१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानेले विश्वकप गुमाउने



अ+ अ-

एजेन्सी । सेनेगलका कप्तान तथा फरवार्ड साडियो मानेले नोभेम्बर २० बाट कतारमा सुरु हुने फिफा विश्वकप गुमाउने भएका छन् ।

मानेले खुट्टाको टेण्डन चोटको कारण विश्वकप गुमाउने भएका हुन् । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगा अन्तर्गत मंगलबार राति वेर्डर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका थिए ।

वेर्डरविरुद्धको खेलमा चोट बोकेपछि माने २० मिनेटमै मैदानबाट बाहिरिएका थिए । कतार विश्वकपमा समूह ‘ए’मा रहेको सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । आफ्नो टिमको मुख्य खेलाडीले नै विश्वकप गुमाउने भएपछि सेनेगललाई झट्का लागेको छ ।