१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

भूकम्पका घाइतेको तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन

भूकम्पका घाइतेको तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन
file
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले भूकम्पमा परी घाइते भएकाको यथाशीघ्र अस्पतालसम्म प¥याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुुभएको छ । गएराति डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ भूकम्प गएको थियो ।

उहाँले घाइतेको उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल प्रबन्ध मिलाउन निर्देशन समेत दिनुभयो । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइते हेलिकप्टरबाट उद्धार गर्न निर्देशन दिनुभएको हो ।

गृहमन्त्री खाणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिनुुभएको छ ।

उहाँले भूकम्पमा परेर प्रभावित भएकालाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ । भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६ जना नै घाइते भएका गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्री खाणले भूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारमा समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।