• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

माधव पक्षको स्थायी कमिटीको बैठक सुरु, आजै केन्द्रीय कमिटीको बैठक बस्दै



काठमाडौं । नेकपा एमाले माधव समूहका स्थायी कमिटी सदस्यहरूको बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठक शुरू हुनुअघि बसेको स्थायी समितिको बैठकले आजै बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने प्रस्ताबहरुका बारेमा छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा आजै बस्ने केन्द्रीय समितिको बैठकमा पार्टीको एकता गर्ने वा विभाजन गर्ने भन्ने बारेमा बारे केन्द्रीय सदस्यहरूको राय लिने एक नेताले जानकारी दिनुभयो । यस पटक को बैठक निर्णायक हुने भन्दै ती नेताले भने  नेता नेपाल सहित कार्यदलमा रहेका सदस्यहरु संग हाल सम्मको अबस्था र अबको बाटो बारे ठोस निर्णय हुन्छ ।  ती नेताका अनुसार दुई अध्यक्ष बनाएर दुबैको हस्ताक्षरले बैधानिकता पाउने अबस्थामा मात्र एकता हुन्छ नत्र अलग पार्टी बनाएर जाने कुरा अघि बढ्छ । 

बिभिन्न निकायमा निर्बाचित पदाधिकारीहरुको पद जोगाउने बिषय मुख्य चुनौति रहेको भन्दै त्यसको उपाए खोजी भै रहेको ती नेताले जानकारी दिनुभयो । दुई नेताको हस्ताक्षर सहित को एकता नभए आफू पक्षमा जति सक्यो धेरै सासद र केन्द्रिीय सदस्यको हस्ताक्षर जम्मा पार्ने र लगत्तै राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गरेर नयाँदल क्रियाशिल हुने पनि उहाँले जानकारी दिनुभयो । अध्यादेश जारी गर्दा बिरोध हुदै गर्छ तर जारी हुन्छ  त्यस पछि मात्र सरकारले पूर्णता पाउछ त्यस बेला सम्म सरकारले पूर्णता पाउदैन  ।