१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपछि एमालेको सरकार– अध्यक्ष ओली



अ+ अ-

सुरुङ्गा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा (एमाले)को सरकार बन्ने बताएका छन् । उनले भने, “गठबन्धनका नाममा जति नै गठबन्धन गरिए पनि चुनावपछि नेकपा (एमाले) को सरकार बन्ने निश्चित छ ।”

मंगलबार झापाको अर्जुनधारास्थित सुखानीसहित स्मृति पार्क (सालवारी) मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा मात्र नभई झापाका पाँच वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने दाबी गरे ।

राष्ट्र निर्माणको गहन जिम्मेवारी लिएर हिँडेको एमालेलाई कुनै पनि गठबन्धनले रोक्न नसक्ने उनको भनाइ थियो । झापा २ मा नेकपा (एमाले) सँगै कुनै प्रतिस्पर्धा हुँदैन अध्यक्ष ओलीले भने, “यहाँ उम्मेदवार रहनुभएका देवराज घिमिरे झापाको मात्रै होइन विगत ४८ वर्षदेखि साविक मेची अञ्चलका आधाजसो मानिसको घरघरमा जनताका काम गर्न पुग्नुभएको छ, त्यो अर्थमा पनि उहाँको जित निश्चित छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरे, प्रदेशसभा सदस्य पदका उम्मेद्वारद्वय एकराज कार्की र तिलचन पाठकले समेत बोलेका थिए ।

अध्यक्ष ओली मंगलबार साँझ नै आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा गएका छन् । अध्यक्ष ओलीले झापा ५ मा आयोजना गरिने विभिन्न कार्यक्रमलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।