• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

क्रियाशील सदस्यताको विवादः प्रकाशमान निवासमा कांग्रेस नेताहरुको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि छलफलमा जुटेका छन् । नेता प्रकाशमान सिंहको निवासमा जारी छलफलमा आगामी १४ औं महाधिवेशन र क्रियाशील सदस्यताको विवाद सम्बन्धबारे छलफल भईरहेको जनाएको छ । 

छलफलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।

क्रियाशील सदस्यताको विवाद समाधान हुन नसक्दा महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । नेपाली कांग्रेसको आगामी भदौ १६ गते १४ औं महाधिवेशनको कार्यतालिका रहेको छ ।