• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

माधव नेपाल पक्षीय केन्द्रीय समितिको बैठक जारी, ७० सदस्य सहभागी



काठमाडौं । पार्टी भित्रको अन्तरकलहले छुट्टै गतिबिधि गर्दे आएको नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल पक्षीय  केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । बुद्धनगरमा रहेको एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा नेपाल पक्षका ७० केन्द्रीय सदस्यहरुको सहभागीता रहेको छ ।

एमालेनै फर्कने कि नयाँ बाटो तय गर्ने भन्ने बारेमा केन्द्रीय सदस्यहरुको राय लिन बैठक बोलाईएको एक नेताले जानकारी दिनुभयो ।  आजको बैठकमा स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने  उपस्थित हुनु भएको छैन ।

निर्वाचन आयोगमा अद्यावधिक भएको पछिल्लो अभिलेखमा एमालेमा २०३ जना केन्द्रीय सदस्य रहेका छन् । तीमध्ये केहीको निधन भएको छ भने केही सदस्यले राजनतिक नियुक्तिका कारण निष्कृय भएका छन् ।