२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मदिनमा शाहरुखको डेढ करोडको लुक्स, घडीको मूल्य मात्रै ७४ लाख !



अ+ अ-

एजेन्सी । बलिउडका ‘बादशाह’ शाहरुख खानले नोभेम्बर २ मा आफ्नो ५७ औं जन्मदिन मनाएका थिए । यस अवसरमा शाहरुख दुई पटक ‘मन्नत’को बालकनीबाट बाहिर आएका थिए । फ्यानका लागि त्यो दृश्य सपनाभन्दा कम थिएन ।

यसबाहेक, जन्मदिनको अवसरमा शाहरुखले आफ्ना वफादार फ्यानहरूका लागि फ्यान मिट राखे, उनले आफ्नो जन्मदिनको अवसरमा यस्तो समारोह आयोजना गर्दै आएका छन् ।

यस भेटमा शाहरुख एकदमै फरक अवतारमा पुगेका थिए । कार्यक्रममा शाहरुखले ज्याकेट, सेतो डेनिम र सेतो टी–शर्ट लगाएका थिए । हालै खबर आइरहेको छ कि किंग खानले यस फ्यान मीटमा ९७ लाख (भारु) को आउटफिट लगाएका छन् ।

नोभेम्बर २ मा भएको फ्यान मिटमा किङ खानले गिभेन्ची ब्रान्डको ज्याकेट लगाएका थिए जसको मूल्य करिब १ लाख ६३ हजार ५५५ रुपैयाँ रहेको थियो ।

अर्कोतर्फ, शाहरुखले अफ ह्वाइट ब्रान्डको जिन्स लगाएका थिए, जसको मूल्य लगभग ६५,१७१ रुपैयाँ थियो । एसआरकेले लुकसहितको आइवान ब्राण्डको सनग्लास भिरेका थिए जसको मूल्य ४५,०९० रुपैयाँ छ । किंग खानको यो लुकमा सबैभन्दा महँगो कुरा उनको रोलेक्स घडी थियो, यो घडीको मूल्य करिब ७४ लाख १८ हजार रुपैयाँ रहेको छ ।

यसबाहेक किङ खानसँग यसअघि ३ वटा ब्रेसलेट थिए जसमध्ये २ वटा कार्टियर ब्राण्डका थिए । एउटा ब्रेसलेटको मूल्य ६,२१,४२१ रुपैयाँ थियो भने अर्को ब्रेसलेटको मूल्य ६ लाख रुपैयाँ थियो । तेस्रो ब्रेसलेट लुइसभ्युटन ब्राण्डको थियो जसको मूल्य रु ७,५३,२३९ रहेको छ ।

जुत्ताको कुरा गर्दा, किङ खानले यस लुकका लागि गोल्डेन गुज ब्राण्डका स्नीकर्स लगाएका थिए, जसको मूल्य करिब ७९,५२३ रुपैयाँ छ । यी सबै कुराहरू सहित शाहरुखको यो लुक करिब ९७ लाखको लागतमा पूरा भएको हो ।