काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका सिलसिलामा जर्मनी पुग्नु भएको छ । उहाँ सोमबार साँझ त्यसतर्फ प्रस्थान गर्नु भएको थियो ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड जानु भएको हो । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिको भ्रमण दलमा उहाँकी छोरी उषाकिरण भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललगायत हुनुहुन्छ । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।










