• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए ★   दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत ★   टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह

‘केपी बा विथ फष्ट भोटर्स’: झापामा मंसिर ४ का पहिलो मतदातासँग ४ घण्टा बिताउदै ओली



file

काठमाडौँ । । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारका लागि गृहजिल्ला झापा जादैँछन् । ओली मंगलबार दिउँसो १ बजे झापा जान लागेका हुन् ।

ओली आज दिनभर आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने छन् । ओलीको २ बजे बिर्तामोड सालबारीमा हुने क्षेत्रस्तरीय आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै बुधबार १२ बजे दमकको रोयल पार्टी प्यालेसमा कांग्रेसका जिल्लास्तरीय नेताहरू, जसपाका केन्द्र र प्रदेशस्तरीय साथै माओवादीबाट नगरका नेता/कार्यकर्ता एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

बुधबार अध्यक्ष ओलीले दमक फन पार्कमा ‘केपी बा विथ फष्ट भोटर्स’ नामक कार्यक्रममा मंसिर ४ का पहिलो मतदाता तथा शुभेच्छुकसँग ४ घण्टा बिताउने छन् । सो कार्यक्रममा ओली सहभागीहरूसँग तस्बिर खिच्ने र सांगितिक कार्यक्रममा सहभागी हुनेछन् ।