२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्ण रूपमा मतदानमा सहभागी हुन चन्द नेतृत्वको नेकपालाई सरकारको आग्रह



file
अ+ अ-

बुटवल । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको छ । गृहमन्त्री बालकृष्ण खाणले दुई दिनअघि भैरहवामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग वार्ता भएको जानकारी दिनुभयो ।

रुपन्देहीको तिलोत्तमास्थित करौजियामा मंगलबार एक कार्यक्रममा गृहमन्त्री खाणले वार्तामा कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिने लगायतका विषयमा कुराकानी भएको बताउनुभयो ।

पूर्ववर्ती सरकारले गरको सम्झौताअनुरुप कतिपयलाई छाडिसकिएको पनि मन्त्री खाणले जानकारी दिनुभयो । अन्यलाई कारागारमुक्त गर्न कानून संशोधनका लागि फाइल कानून मन्त्रालयमा पठाइसकिएको उहाँको भनाइ थियो ।

मन्त्री खाणले नेकपा कार्यकर्तासमेत निर्वाचनमा भाग लिन खोजे प्रशासनले धरपकड नगर्ने र अन्य नागरिकसरह मतदान गर्ने अवसर दिइने प्रस्ताव गरेको जानकारी दिनुभयो । यद्यपि मतदान बिथोल्न खोजे र मतदातालाई आतंकित पार्न खोज सरकार चुप लागेर नबस्ने उहाँले वार्ताका क्रममा भनेको बताउनुभयो ।

उहाँका अनुसार नेकपा वार्ता टोलीका संयोजक विश्वकर्माले काठमाडौँमा जारी रहेको सो पार्टीको बैठकमा प्रस्ताव राख्ने र सरकारसँग थप छलफल तथा सम्झौता गर्ने जानकारी दिनुभएको छ ।