२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीबाट अलग भएकाहरुलाई अलमलमा नपरी पुनः पार्टी मै फर्किन अध्यक्ष यादवको आग्रह



फाइल फोटो
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग हुन पुगेका वा अन्यन्त्र अलमलमा पुगेका पार्टीका सम्पूर्ण साथिहरुलाई कतै अलमलमा नपरी बीना हिचकिचाहट जनता समाजवादी पार्टी, नेपालमा नै पुनः फर्किन अपील गरेका छन् ।

अध्यक्ष यादवले विज्ञप्ती जारी गर्दै पार्टीबाट अलग हुन पुगेका पार्टीका सदस्यहरुलाई बीना हिचकिचाहट पार्टीमा पुनः फर्किएर अग्रगमन र बैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथ साथै अगाडी बढ्नु अपील गरेका हुन् ।

त्यस्तै नेपालको झण्डामुनी एकताबद्ध रहँदै रत्तिभर पनि बिचलित नभई दृढता पूर्वक पार्टीको पक्षमा रहन र पार्टी एकतालाई मजबूत बनाउन पनि आह्वान गरेका छन् । 

जारी विज्ञप्ती ​​​​​​: