२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्वासीको हित गर्ने पार्टी भन्दै दाङमा ३४ जना एमालेमा प्रवेश



अ+ अ-

दाङ । नेकपा (एमाले)को सरकारले आर्थिक समृद्धि हासिल गर्नुका साथै विपन्न, सुकुम्बासीहरूको हितमा काम गर्ने विश्वास व्यक्त गर्दै घोराही–१४ जनमैत्री टोलका ३४ जना एमालेमा प्रवेश गरेका छन् ।

सुकुम्बासी बस्तीका रूपमा चिनिएको उक्त टोलले सोमबार आफ्नै टोलमा भव्य कार्यक्रमको आयोजना गरी नेकपा (एमाले)का महासचिव तथा दाङ क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर पोख्रेललाई स्वागत गर्नुका साथै पार्टी प्रवेश गरे ।

विगतमा अन्य पार्टीहरुमा भोट हालेको भए पनि आफूहरूको पहिलो समस्या जग्गाधनी लालपूर्जा पाउनु रहेको बताउँदै स्थानीय बासिन्दाले एमालेको सरकारले लालपूर्जा वितरण गर्न गठन गरेको सुकुम्बासी आयोग अहिलेको सरकारले विघठन गरी लालपूर्जा वितरण कार्य नगरेको, चरम महंगी हुँदा समेत सरकार मौन बसेको भन्दै उनीहरू एमाले प्रवेश गरेका हुन् ।

सो अवसरमा एमालेका महासचिव शंकर पोख्रेलले अबको निर्वाचनबाट एमालेको नेतृत्वमा सरकार बन्ने र एमाले सरकार बनेको दुईवर्षभित्र सबै सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरिने बताए ।

नेपालका सुकुम्बासी एवं जग्गा नहुनेहरूका लागि जग्गाको व्यवस्थापन गर्दै पूर्जा वितरण गर्नका लागि एमाले सरकारले सुकुम्बासी आयोग गठन गरेको, त्यसले धेरै काम सम्पन्न गरिसकेको अवस्थामा गठबन्धनको सरकारले आयोग विघठन गरेर सुकम्बासीहरूको समस्यालाई बेवास्ता गरेको वताउनुभयो ।
यस विषयमा एमाले सरकारले विगतमा धेरै काम गरिसकेकाले अब पूर्जा वितरण गर्न एमाले सरकार बनेपछि समस्या नहुने पोख्रेलको भनाइ थियो ।

एमाले प्रवेश गर्नेहरूमा ताराप्रसाद बस्नेत, दिलबहादुर चलाउने, टीकाराम बस्नेत, खिमबहादुर नेपाली, गणेश वली, कमल वली, दीपक वली, दीपा वली, अनिता वली, दिया वली, कल्पना खड्का, जयकुमारी खड्का, मनराज खड्का, मोहन बिक, कमला बस्नेत, रुपधन बस्नेत, चुरण बस्नेत, सपना बस्नेत, कलम वली, स्मृति बस्नेत, शोभाराम नेपाली, हरिकला बस्नेत, पवित्रा चलाउने, प्रेमबहादुर बस्नेत, गौरी बस्नेत, केशरी बस्नेत, तिलसरी बुढा, कुम्भ बुढा, ओमप्रकाश बस्नेत, विवेक बुढा, चन्द्रबहादुर बस्नेत र शारदा बस्नेत छन् ।