२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप पौडेलद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

आसन्न मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि पौडेलले प्रदेशतर्फ क्षेत्र नम्बर १ का उम्मेदवार भैरव सापकोटा र २ का श्यामबहादुर खड्कासमेतको एजेण्डालाई समेटेर विभिन्न १७ बुँदामा आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा निर्वाचन क्षेत्रमा सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने, व्यवस्थित सडक र पार्किङको व्यवस्था गर्ने, गुणस्तरीय स्वास्थ्य सेवाका लागि पहल गर्ने, कला, संस्कृतिको संरक्षणमा लाग्ने, खानेपानी र ढल निकासको उचित व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यस्तै, रोजगारी सिर्जनामा जोड दिने, बालबालिका र जेष्ठ नागरिकका लागि विशेष व्यवस्था गर्ने, महिला सशक्तीकरणमा जोड दिने, नविन प्रविधिको विकास गर्ने, भूमिहीनताको अवस्था अन्त्य गर्ने जस्ता प्रतिबद्धता पनि उल्लेख गरिएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/11/commitment-paper-final-corrected.pdf”]