२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप पौडेलद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

आसन्न मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि पौडेलले प्रदेशतर्फ क्षेत्र नम्बर १ का उम्मेदवार भैरव सापकोटा र २ का श्यामबहादुर खड्कासमेतको एजेण्डालाई समेटेर विभिन्न १७ बुँदामा आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा निर्वाचन क्षेत्रमा सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने, व्यवस्थित सडक र पार्किङको व्यवस्था गर्ने, गुणस्तरीय स्वास्थ्य सेवाका लागि पहल गर्ने, कला, संस्कृतिको संरक्षणमा लाग्ने, खानेपानी र ढल निकासको उचित व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यस्तै, रोजगारी सिर्जनामा जोड दिने, बालबालिका र जेष्ठ नागरिकका लागि विशेष व्यवस्था गर्ने, महिला सशक्तीकरणमा जोड दिने, नविन प्रविधिको विकास गर्ने, भूमिहीनताको अवस्था अन्त्य गर्ने जस्ता प्रतिबद्धता पनि उल्लेख गरिएको छ ।

commitment-paper-final-corrected