२४ आश्विन २०८१, बिहीबार
,
Latest
भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ खसीबोका बिक्री नभएको किसानको गुनासो बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा–टुक्रा भएर भत्किने रायमाझीको दाबी



अ+ अ-

अर्घाखाँची, कात्तिक २१ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भएर भत्किने बताएका छन् ।

आज सन्धिखर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै सचिव रायमाझीले शक्ति सन्तुलनमा समस्या भएर गठबन्धन विभाजन हुने बताए ।

‘एउटा पार्टीलाई मिलाउन त कति समस्या छ’ रायमाझीले भने, ‘गठबन्धन पछि फुट्छ । गठबन्धनभित्रका दलहरु पनि विभाजन हुन्छ । देश ध्रुवीकरणमा जान्छ । त्यसपछि देश टु पार्टी सिस्टममा जान्छ ।’

गठबन्धन मात्र नभई गठबन्धनभित्रका दलहरुमा पनि आन्तरिक विभाजन आउने ठोकुवासमेत रायमाझीले गरे ।

रायमाझीले गठबन्धन अहिले एजेण्डाविहीन भएको बताए । ‘कांग्रेस र कम्युनिष्ट छुट्याउन गाह्रो छ । अहिलेको गठबन्धन लेदो र खुदो मिसाए जस्तो छ । कांग्रेस ‘ककटेल’ जस्तो भएको छ,’ रायमाझीले भने ।आफूले जिल्लामा समृद्ध अर्घाखाँचीको विकास गर्न ठूलो काम गरेको बताउँदै आफूले जिल्लामा १२ अर्बको विकास आयोजनाको काम गरेको बताए ।