१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेवको नेकपा राष्ट्रिय एकता अभियानको समर्थन विष्णु पौडेललाई



अ+ अ-

रुपन्देही । नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर–२ मा एमाले उम्मेदवार विष्णु पौडेललाई समर्थन गर्ने भएको छ ।

एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको छ ।

पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएका कारण आफूहरुले समर्थन जनाएको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले बताए ।

यहाँका उद्योगीहरूको लगानी, युवाहरूको रोजगारी लगायतका कुराहरूको ग्यारेन्टीका लागि पनि पौडेललाई जिताउन आवश्यक रहेको उनको भनाई छ ।

बामदेव गौतम नेतृत्वको एकता अभियानका रुपन्देही जिल्ला इन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूहरूको २५ सय बढी मतदाता रहेको दाबी गरे ।