२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोट–१ मा राप्रपा नेपालकी उम्मेदवार न्यौपानेले एमालेलाई सहयोग गर्ने



अ+ अ-

काठमाडौं, २१ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट–१ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालकी उम्मेदवार पुष्पा न्यौपानेले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएकी छिन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर न्यौपानेले पार्टी अध्यक्ष कमल थापाको निर्देशनमा आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको र नेकपा एमालेका उम्मेदवारलाई सर्मथन गरेको स्पष्ट पारिन् ।

प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी सोही क्षेत्रकी न्यौपानले भनिन्,‘पार्टीका अध्यक्ष स्वयं सुर्य चिन्हबाट चुनाव लडेको हुँदा, मैले आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको निर्देशनअनुसार नुवाकोट–१ का सुर्य चिन्ह लिएर उम्मेदवारी दिएका एमालेका उम्मेदवारहरुलाई समर्थन गर्दछु ।’

उनले केही प्रश्न भएमा पार्टीका केन्द्रीय अध्यक्ष थापासँग जवाफ लिन पनि आग्रह गरिन् ।