६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी आज आइसल्याण्डको औपचारिक भ्रमणमा जानुहुँदै



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज सोमबार जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल’कार्यक्रममा सहभागी हुन कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा जान लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा जाँदै हुनुहुन्छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी आज साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । मन्त्रालयका अनुसार उहाँ कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कनुहुने कार्यतालिका छ ।