१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खरिद गुरु योजना र वार्षिक खरिद योजनाका लागि प्रस्तावित प्याकेजिङ्स्ला/इसिङ्मा छलफल



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वार्षिक खरिद गुरुयोजनाका लागि योजनाको प्याकेजिङ र स्लाइसिङ्का विषयमा छलफल भएको छ । आज महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको अध्यक्षतामा विभागीय प्रमुख र परामर्शदाता सामयिक सेवा केन्द्रका अधिकारीविच छलफल भएको हो ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, महानगरको वार्षिक कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना र खरिद गुरुयोजना अन्तरसम्बन्धित भएको बताउनुभयो । ‘निर्माण कार्य गर्नु पर्ने सार्वजनिक निर्माण विभाग र सम्पदा तथा पर्यटन विभागले अलि धेरै काम गर्नुपर्नेछ ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, ‘मंसिरबाट धेरै काम सुरु हुने विभागीय प्रमुखहरुको भनाइ छ । यस अघि थालिएका कार्यक्रमलाई निरन्तरता दिनुहोला । पछाडि फर्किनु पर्दैन । गर्न बाँकी योजनालाई प्याकेजिङ् गरेर एउटै प्याकेजबाट काम गरौँ । यसबाट नतिजामापन गर्न सजिलो हुन्छ ।’

छलफलमा नगर सभाबाट वडा, विभाग, आयोजना र कार्यक्रमका स्वीकृत योजनामध्ये एउटै प्रकारका योजनालाई प्याकेज बनाएर खरिद गर्ने विषयमा छलफल भएको थियो । यस क्रममा परामर्शदाताबाट प्रकृति मिल्ने योजनालाई संयुक्त र नमिल्नेलाई एकल योजनाका रुपमा प्रस्ताव पेश भएको थियो । विभागीय प्रमुख तथा कार्यक्रम सम्बन्धित अधिकारीले प्रस्तावित योजना प्याकेजिङ् गर्दा हुने सवल र कमजोर पक्षका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

यसरी प्याकेजिङ्स्ला/इसिङ् गरिएका योजनालाई बोलपत्र, दरभाउ पत्र, सोझै खरिद र उपभोक्तामार्फत हुने खरिदका सवल र दुर्र्वल पक्ष छलफलको अर्को विषय थियो ।चालु आर्थिक बर्षका लागि महानगरले १ हजार ४८० वटा योजना स्वीकृत गरेको छ ।

यी योजनालाई खरिद सम्बन्धी कार्यविभाजन र खरिद कार्यको बर्गीकरणअनुसार प्याकेजिङ् गरेर १ हजारको हाराहारीमा राख्न सकिने देखिएको छ । परामर्शदाताबाट प्राप्त प्रस्तावका विषयमा जानकारी दिँदै खरिद एकाईका प्रमुख धु्रव काफ्लेले भन्नुभयो, ‘योजनाको प्याकेजिङ् र स्लाइसिङ् नयाँ अभ्यास हो । यसभन्दा तलका वार्षिक खरिद योजना र खरिद गुरुयोजनामा हामीले यस अघि पनि काम गरेका थियौँ । यस बर्षबाट प्याकेजिङ्को काम थालिएको छ ।’




भर्खरै