५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने



अ+ अ-

बैतडी । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।

कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएकोे जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताउनुभयो । उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन् । बैतडीमा पाँच कैदीबन्दीसहित करिब आठ सय अस्थायी मतदाता छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । अस्थायी मतदान केन्द्रमा चार कर्मचारी खटिने जनाइएको छ । जिल्लाभरि एक सय २९ मतदानस्थल र दुई सय १० मतदान केन्द्र छन् ।

निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ । मतपत्र र निर्वाचन सामग्री जिल्ला पुगिसकेको छ । निर्वाचनमा खटिने आवश्यक जनशक्तिलाई तालिम दिने क्रम जारी रहेको र केही दिनपछि खटाइने फुँयालले जानकारी दिनुभयो । यसका साथै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसार कार्य जारी राखेका छन् ।

प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभाका दुई सिटका लागि पनि ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् ।