• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनमा ★   मध्यराति आइपुगे उपेन्द्र, आज संसदीय दलको बैठक, सरकारबाट बाहिरिने तयारी ★   क्रिस्टल प्यालेससँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार ★   सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो ★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई

माओवादी कार्यकर्ताद्वारा हरिवनमा राजमार्ग बन्द



नेकपा (माओवादी केन्द्र) की समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोधमा सो पार्टीका कार्यकर्ताले हरिवनमा राजमार्ग बन्द गरेका छन् । बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषीमाथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका हुन् ।

सर्लाहीकी बलमाथि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीको नेता बताउने हरिकृष्ण पौडेलले आक्रमण गरेको बताइएको छ । पौडेलले बलमाथि ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग गरेको सवारी साधन तोडफोड गरेको माओवादी केन्द्रले आरोप लगाएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनले पौडेललाई पक्राउ गरी शनिबार छोडेको थियो ।