६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः म्यान्चेस्टर सिटीले फुलहमलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले घरेलु मैदान इतिहाडमा फुलहमलाई २–१ गोलले हराएको हो ।

खेलको १६ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा एन्ड्रीयाज पेरेइराले पेनाल्टीमार्फत गोल गर्दै फुलहमलाई १–१ को बराबरीमा ल्याए । खेल सकिनै लाग्दा इन्जुरी समयको अन्तिम मिनेटमा एर्लिङ हालाण्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई जित दिलाए ।

खेलको २६ औं मिनेटमा जोआओ कान्सेलोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै म्यान्चेस्टर सिटी अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । सिटीको १३ खेलबाट ३२ अंक छ । यता, फुलहम १४ खेलबाट १९ अंकसहित आठौं स्थानमा छ ।

यसैबीच, शनिबार राति नै भएको अर्को खेलमा लेस्टर सिटीले एभर्टनलाई उसकै मैदानमा २–० गोलले हराएको हो । लेस्टरलाई जित दिलाउन खेलको ४५ औं मिनेटमा योरी टिलेमान्स र ८६ औं मिनेटमा हार्भी बान्र्सले गोल गरे ।

१४ खेलबाट १४ अंकसहित लेस्टर तालिकाको १३ औं स्थानमा रहँदा समान खेलबाट समान अंक रहेपनि एभर्टन ‘जीडी’को आधारमा १५ औं स्थानमा छ ।