२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपछि आप्नो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकासमा हुने: डा सुनिल शर्मा



अ+ अ-

मोरङ । संयुक्त लोकतान्त्रिक बाम गठवन्वन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर ३ का साझा डा सुनिल शर्माले निर्वाचनपछि आप्नो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकासमा हुने बताउनु भएको छ ।

मोरङ क्षेत्र नम्बर ३ को आइतवारेमा भएको कोणसभामालाइ संवोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले भोट माग्न आउदा जनताले देखाएको अपार मायाँ र आफुमाथि गरेको विश्वास आप्ना लागि सवैभन्दा ठुलो सम्पति भएको बताउनु भयो । जनताले गरेको यो मायाँ र भरोसा कहिले पनि टुट्न दिने छैन शर्माले भने ” स्वास्थ्य, शिक्षा देखि भौतिक पुर्वाधारको विकाशमा जनताले महसुस गर्ने गरि काम गर्ने छु ”

आम नागरिकका लागि स्वास्थ्यमा पहुच बढाउन स्वास्थ्य विमा कार्यक्रमलाइ अझै प्रभावकारी ढंगले कार्यन्वयन गर्न सकिने शर्माको भनाइ थियो । आफु यस अघिका सांसद जस्तो चुनाव तिजेपछि कतै नहराउने र जनताको जुन सुकै सुख दुखमा संगै रहेको बाचापनि शर्माले गरेका छन । कार्यक्रममा शर्माले मोरङमा गठवन्ध आवद्ध पार्टीहरुको एकताको पनि तारिफ गर्नुभयो । देशभर हामीले संविधान र लोकतन्त्रका पक्षधर पार्टीहरुले प्रतिगमनका विरुद्ध गठवन्धन गरेका छौं शर्माले भने “तर मोरङमा सवैभन्दा बलियो गरि गठवन्धन भएको छ ” । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेद्वार नहुदा पनि माओवादीका नेता तथा कार्यकर्ताहरु यो क्षेत्रको विकाश र लोकतन्त्रका लागि गठवन्धनलाइ जिताउन आफुभन्दा बढी खटेर लागेको शर्माको भनाइ थियो ।

टोल टोलबाट खबर आइरहेको छ शर्माले भने “गठवन्धन आवद्ध दलहरु एक भएर चुनावका लागि रात दिन नभनि लागि रहेका छन” गठवन्धनका शिर्षनेता , उम्मेद्वार देखि गाँउ कमिटिसम्मको यो सक्रियताले मंसिर ४ गतेको निर्वाचनबाट गठवन्धनको जित सुनिश्चि भएको शर्माको भनाइ थियो ।