२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपछि आप्नो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकासमा हुने: डा सुनिल शर्मा



अ+ अ-

मोरङ । संयुक्त लोकतान्त्रिक बाम गठवन्वन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर ३ का साझा डा सुनिल शर्माले निर्वाचनपछि आप्नो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकासमा हुने बताउनु भएको छ ।

मोरङ क्षेत्र नम्बर ३ को आइतवारेमा भएको कोणसभामालाइ संवोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले भोट माग्न आउदा जनताले देखाएको अपार मायाँ र आफुमाथि गरेको विश्वास आप्ना लागि सवैभन्दा ठुलो सम्पति भएको बताउनु भयो । जनताले गरेको यो मायाँ र भरोसा कहिले पनि टुट्न दिने छैन शर्माले भने ” स्वास्थ्य, शिक्षा देखि भौतिक पुर्वाधारको विकाशमा जनताले महसुस गर्ने गरि काम गर्ने छु ”

आम नागरिकका लागि स्वास्थ्यमा पहुच बढाउन स्वास्थ्य विमा कार्यक्रमलाइ अझै प्रभावकारी ढंगले कार्यन्वयन गर्न सकिने शर्माको भनाइ थियो । आफु यस अघिका सांसद जस्तो चुनाव तिजेपछि कतै नहराउने र जनताको जुन सुकै सुख दुखमा संगै रहेको बाचापनि शर्माले गरेका छन । कार्यक्रममा शर्माले मोरङमा गठवन्ध आवद्ध पार्टीहरुको एकताको पनि तारिफ गर्नुभयो । देशभर हामीले संविधान र लोकतन्त्रका पक्षधर पार्टीहरुले प्रतिगमनका विरुद्ध गठवन्धन गरेका छौं शर्माले भने “तर मोरङमा सवैभन्दा बलियो गरि गठवन्धन भएको छ ” । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेद्वार नहुदा पनि माओवादीका नेता तथा कार्यकर्ताहरु यो क्षेत्रको विकाश र लोकतन्त्रका लागि गठवन्धनलाइ जिताउन आफुभन्दा बढी खटेर लागेको शर्माको भनाइ थियो ।

टोल टोलबाट खबर आइरहेको छ शर्माले भने “गठवन्धन आवद्ध दलहरु एक भएर चुनावका लागि रात दिन नभनि लागि रहेका छन” गठवन्धनका शिर्षनेता , उम्मेद्वार देखि गाँउ कमिटिसम्मको यो सक्रियताले मंसिर ४ गतेको निर्वाचनबाट गठवन्धनको जित सुनिश्चि भएको शर्माको भनाइ थियो ।