२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निहारिकाको बच्चा र आरोपी शिवराजको डीएनए ‘म्याच’



अ+ अ-

काठमाडौं । निहारिका राजपूतका छोराको डीएनए आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ ।

उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए ‘म्याच’ भएको पुष्टि गरे ।

निहारिकाले आफूमाथि शिवराजले करणी गरेर बच्चा जन्मिएको आरोप लगाउँदै आएकी छन् । उनको माग अनुसार दुई महिनाअघि बच्चा र आरोपीको डीएनए टेस्ट गरिएको थियो ।

उक्त टेस्टको रिपोर्ट आइसके पनि सार्वजनिक गरिएको छैन । निहारिकाले रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग गर्दै आएकी छिन् ।

निहारिकाको मुद्दा हाल उच्च अदालत जनकपुरमा विचाराधीन छ । अदालतको पेशीमा ढिलाइ गरिएको आरोप लगाउँदै निहारिकाले आज प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेकी थिइन् ।