१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

निर्वाचनपछि आफ्नो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकासमा हुनेः डा सुनिल शर्मा

निर्वाचनपछि आफ्नो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकासमा हुनेः डा सुनिल शर्मा
अ अ+ अ-

काठमाडौँ । संयुक्त लोकतान्त्रिक बाम गठवन्वन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि मेरङ क्षेत्र नम्बर ३ का साझा डा सुनिल शर्माले निर्वाचनपछि आफ्नो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकासमा हुने बताउनु भएको छ ।

मोरङ क्षेत्र नम्बर ३ को आइतवारेमा भएको कोणसभामालाइ संवोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले भोट माग्न आउदा जनताले देखाएको अपार मायाँ र आफुमाथि गरेको विश्वास आप्ना लागि सवैभन्दा ठुलो सम्पति भएको बताउनु भयो । जनताले गरेको यो मायाँ र भरोसा कहिले पनि टुट्न दिने छैन शर्माले भन्नु भयो ‘स्वास्थ्य, शिक्षा देखि भौतिक पुर्वाधारको विकाशमा जनताले महसुस गर्ने गरि काम गर्ने छु ।’

आम नागरिकका लागि स्वास्थ्यमा पहुच बढाउन स्वास्थ्य विमा कार्यक्रमलाइ अझै प्रभावकारी ढंगले कार्यन्वयन गर्न सकिने शर्माको भनाइ थियो । आफु यस अघिका सांसद जस्तो चुनाव तिजेपछि कतै नहराउने र जनताको जुन सुकै सुख दुखमा संगै रहेको बाचापनि शर्माले गरेका छन । कार्यक्रममा शर्माले मोरङमा गठवन्ध आवद्ध पार्टीहरुको एकताको पनि तारिफ गर्नुभयो ।

देशभर हामीले संविधान र लोकतन्त्रका पक्षधर पार्टीहरुले प्रतिगमनका विरुद्ध गठवन्धन गरेका छौं शर्माले भन्नुभयो ‘तर मोरङमा सवैभन्दा बलियो गरि गठवन्धन भएको छ ।’ प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेद्वार नहुदा पनि माओवादीका नेता तथा कार्यकर्ताहरु यो क्षेत्रको विकाश र लोकतन्त्रका लागि गठवन्धनलाइ जिताउन आफुभन्दा बढी खटेर लागेको शर्माको भनाइ थियो ।

टोल टोलबाट खबर आइरहेको छ शर्माले भन्नुभयो ‘गठवन्धन आवद्ध दलहरु एक भएर चुनावका लागि रात दिन नभनि लागि रहेका छन गठवन्धनका शिर्षनेता , उम्मेद्वार देखि गाँउ कमिटिसम्मको यो सक्रियताले मंसिर ४ गतेको निर्वाचनबाट गठवन्धनको जित सुनिश्चि भएको शर्माको भनाइ थियो ।