१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

निर्वाचनमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको सर्कुलर

निर्वाचनमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको सर्कुलर
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन निर्देशन दिनुभएको हो ।

केन्द्रीय समितिको बैठक बसेर ठोस कार्ययोजना तयार नहुँदासम्मका लागि सर्कुलरका आधारमा पार्टीको गतिविधिलाई अगाडि बढाउन र स्थानीय तहको वडासम्म उम्मेदवारको रोष्टर तयार पार्न भनिएको छ । सर्कुलरमा जिल्ला समन्वय समिति, नगर, गाउँ वडालगायत सबै तहका पार्टी समिति र विधानले व्यवस्था गरेबमोजिम सबै तहका ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, परिषद् र विभागलाई पूर्णता दिन आग्रह गरिएको छ ।

एक वडा न्यूनतम तीन टोल, एक टोल न्यूनतम एक सेल हुनुपर्ने पार्टीको निर्णयलाई लागू गर्दै सबै सङ्गठित सदस्यलाई पार्टी समिति, विभाग र निकायमा सङ्गठित गर्नुपर्नेछ । एक सङ्गठित सदस्य बराबर न्यूनतम दुई पार्टी सदस्य हुने गरी सदस्यता वितरणलाई व्यापक बनाउनुपर्नेछ । आवश्यकताअनुसार नयाँ सङ्गठित सदस्यतासमेत वितरण गर्नुपर्नेछ । केन्द्रीय सदस्य वा प्रदेश पदाधिकारीको सहभागितामा प्रदेशको बैठक तत्काल बस्ने, जिल्ला समन्वय समितिको बैठक यही फागुन १२ गतेसम्म बसी आवश्यक साङ्गठनिक काम गर्नसमेत निर्देश गरिएको छ ।

नगर र गाउँपालिकामा पार्टी केन्द्रीय सदस्य वा वरिष्ठ नेतृत्वको संयोकजत्वमा निर्वाचन परिचालन मूल परिचालन समिति बनाउनुपर्नेछ । निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन तत्काल वडास्तरमा सङ्गठित सदस्यहरू, जबस मोर्चा र पेसागत सङ्गठनका नेताहरु, पार्टी समर्थक बुद्धिजीवी र विषय विज्ञ सम्मिलित निर्वाचन परिचालन समिति बनाउनुपर्नेछ । यस्तै मूल समितिअन्तर्गत अध्ययन सर्वेक्षण तथा विश्लेषण, स्वयम्सेवक परिचालन, सूचना सञ्चार तथा प्रचारको कामलाई व्यवस्थित गर्नुपर्नेछ ।

हरेक वडाको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको सङ्क्षिप्त रिपोर्ट तयार पार्ने, गत स्थानीय तहको निर्वाचनको मत परिणामको तथ्याङ्कगत आधारमा समीक्षा गर्ने र विजय पराजयको आधार र कारणको पहिचान गर्न निर्देशन दिइएको छ ।

वडामा सक्षम, इमान्दार र लोकप्रिय उम्मेदवारको रोष्टर तयार पार्नसमेत माओवादीले सबै वडा समितिलाई निर्देशन दिएको छ । 

वडाका विकास निर्माणका आवश्यक योजनाको पहिचान र प्राथमिकीकरण गर्ने, आदिवासी, जनजाति, दलित, अल्पसङ्ख्यक आदिको नामावली र अन्य आवश्यकताको पहिचान गर्ने एवम् वडामा सकारात्मक प्रभाव पार्न सक्ने व्यक्तिको पहिचान गर्न भनिएको छ । 

यस्तै, सबै वडा र टोलमा पार्टी कार्यालय वा सम्पर्क कार्यालय खोल्नसमेत अध्यक्ष प्रचण्डले निर्देशन दिनुभएको छ ।