२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन बनेको होः नेता सिंह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताउनुभएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएकाले आगामी निर्वाचनमा उक्त गठबन्धनले जित्नुपर्नेमा जोड दिनुभएकोे हो ।

“संविधानको रक्षा र संविधानले दिएको अधिकारलाई संस्थागत गर्न सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ”, नेता सिंहले भन्नुभयो, “निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न सबै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको छ । यसैगरी आचारसंहितालाई ख्याल गरेर चुनावी अभियान सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत हुनुभएका नेता सिंहले नेपाली जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट निर्माण भएको संविधानको रक्षा र शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पु¥याउनका लागि लोकतान्त्रिक–वाम गठबन्धनको आवश्यकता रहेको बताउनुभयो ।