• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

पूर्वप्रधानमन्त्री खानको डेढ घण्टा चल्यो शल्यक्रिया, हड्डी काटियो



एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको अवस्था अहिले स्थिर रहेको छ । उनको शल्यक्रिया डेढ घण्टा चलेको थियो ।

खुट्टामा अड्किएको गोलीका केही टुक्रा थिए, जसलाई निकालिएको छ । अस्पतालका चिकित्सक फैसल सुल्तानका अनुसार गोली लागेर उनको खुट्टाको ‘टिबिया’ दाहिने तर्फबाट काटिएको छ ।

अर्कोतर्फ, आक्रमणको विरोधमा देशभर विरोध प्रदर्शन भइरहेको छ। बिहीबार अबेर राति, पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उग्र प्रदर्शनकारीहरू सडक जाम गरेर प्रदर्शन गरेका थिए । धेरै ठाउँमा आगजनी र नाराबाजी समेत भएको थियो । उनको पार्टीले आज पाकिस्तान बन्दको घोषणा गरेको छ ।

बिहीबार गुजरनवालामा लङ मार्चका क्रममा खानमाथि भएको आक्रमणमा सांसद फैसल जावेदसहित १३ जना घाइते भएका थिए । एक जनाको मृत्यु भएको छ । आक्रमणपछि इमरानले ‘अल्लाह’ले आफूलाई नयाँ जीवन दिएको बताएका छन् । ‘इन्शाअल्लाह हामी फेरि फर्कनेछौं र हाम्रो लडाई जारी राख्नेछौं।’ उनले भने ।

इमरानले अक्टोबर २८ मा शाहबाज शरीफ सरकारको राजीनामा र तत्काल आम निर्वाचनको माग गर्दै लङ मार्च सुरु गरेका थिए । यो लङ मार्चको शुरुवातदेखि नै विभिन्न कारणले महिला पत्रकारसहित तीन जनाको मृत्यु भइसकेको छ ।

मे महिनामा पनि इमरानले लङ मार्च निकालेका थिए र त्यस क्रममा चरम हिंसा भएको थियो । इमरान खानको पदयात्रा बिहीबार गुजरानवाला पुगेको थियो । यहाँ उनीहरु जुलुसमा थिए । उनीहरु केही नेताहरुलाई कन्टेनरको छतमा अभिवादन गर्दै अगाडि बढिरहेका थिए । त्यसपछि साँझ एक व्यक्तिले उनीमाथि गोली प्रहार गरे ।