८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

भावी पुस्ताका लागि सुन्दर उपहार जलवायु अनुकूल हुने गरी विकास: राष्ट्रपति भण्डारी

भावी पुस्ताका लागि  सुन्दर उपहार जलवायु अनुकूल हुने गरी विकास: राष्ट्रपति भण्डारी
अ+ अ-

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले भावी पुस्ताका लागि कुनै उपहार दिन चाहने हो भने त्यो वातावरण मैत्री कार्य नै हुने बताउनुभएको छ ।

मुक्तिनाथ मन्दिर परिसरमा स्थापित प्रस्तर बुद्धमूर्तिको अनावरण‚ विष्णुमूर्तिको शिलान्यास तथा पर्यटन प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी प्रभाव परेको उल्लेख गर्दै जलवायु अनुकूल हुने गरी विकास, जलवायु अनुकूलका कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयाे ‘मुस्ताङवासी समाजसेवी, उद्योगी र प्रशासकहरुलाई एउटा आग्रह छ, यो जिल्लालाई जलवायु अनुकुलन हुनेगरी यहाँको पूर्वाधार विकास र सामाजिक क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक छ । अहिले जलवायु अनुकुलनमा कार्यक्रम सञ्चालन गर्नु, वातावरणमैत्री निर्माण कार्य सञ्चालन गर्नु र हाम्रो दैनिक जनजीवन पनि त्यो अनुसार गर्नु अत्यन्त आवश्यक छ । यदी भावि पुस्ताका लागि हामीले केही उपहार दिने हो भने हामीले वातावरणमैत्री विकास कार्यहरु, हाम्रो जनजीवनहरु, हाम्रो अर्थप्रणालीलाई त्यतापटि हामीले लैजानुपर्ने हुन्छ ।’

कार्यक्रममा राष्ट्रपति भण्डारीले हिमाली जिल्ला मुस्ताङ र मनाङ नेपालका अन्य जिल्लाहरूभन्दा भौगोलिक‚ सामाजिक र सांस्कृतिक हिसाबले समेत विशिष्ट रहेको जनाउनु भयो । उहाँले भन्नुभयो हिमालय पर्वत श्रृङ्खलाको उत्तरी पाटोमा अवस्थित यी जिल्लाहरूको भौगोलिक अवस्थितिका कारणबाट सृजित सामाजिक‚ सांस्कृतिक र पर्यावरणीय विशेषताहरू नै हामी सबैको लागि विशष आकर्षणको विषय बन्न पुगेको छ भन्ने मलाई लाग्दछ ।

राष्ट्रपति भण्डारीले मुस्ताङ जिल्लामा रहेका अन्य ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल एवं ताल तलैयाहरू हाम्रा अमूल्य सम्पदाहरू भएको उल्लेख गर्दे तिनीहरूको संरक्षण‚ सम्बर्द्धन र प्रवर्द्धनबाट प्राप्त हुने आर्थिक स्रोत र साधनलाई यस भेगका जनताको सुख र समृद्धिका लागि सदुपयोग गरिनु आवश्यक रहेको जनाउनु भयो ।

उहाँले गण्डकी प्रदेशको पर्यटकीय धरोहरका रूपमा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर‚ उपल्लो मुस्ताङमा अवस्थित प्राचीन कला संस्कृति, प्राचीन मानव वस्तीका गुफा समेतका पर्खालले घेरेको शहर लोमान्थाङका साथै दामोदर कुण्ड, टिटी ताल, निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो ताल, तातोपानी कुण्ड लगायतका धार्मिक तथा प्राकृतिक सम्पदाहरूलाई संरक्षण गर्दै भावी पुस्तामा समेत यस्तै प्राकृतिक सुन्दरतासहित हस्तान्तरण गर्ने हाम्रो उद्देश्य रहनुपर्ने बताउनु भयो । लोमान्थाङको ऐतिहासिक दरवार, गुम्वा, किल्ला र मानव वस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालकै अमूल्य सास्ंकृतिक सम्पदा हुन् । यसका लागि आवश्यक पूर्वाधारको विकासमा संघीय‚ प्रदेश र स्थानीय तहसमेतको समन्वयकारी पहल आवश्यक पर्ने उहाँले बताउनु भयो ।

मुस्ताङ जिल्लाको अर्को विशिष्ट परिचय मित्रराष्ट्र चीनसँग व्यापारिक सम्पर्क स्थापित गर्न सहज हुने कोरला नाकाले पनि निर्माण गरेको उल्लेख गर्दे उहाँले हाम्रा उत्पादनका लागि सहज बजार हुने र दुई देशका बीचमा स्थल मार्ग हुँदै व्यापार विस्तार गर्ने नयाँ सम्भावना यस नाकाले खोल्ने भएको हुँदा नाका सुचारू गर्न तथा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथामिकतामा राख्न हामीले विशेष ध्यान दिन सुझाब दिनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो विभिन्न प्रकारका स्याउ, जडीबुटी एवं उच्च हिमाली क्षेत्रमा फाल्ने आलु उत्पादनमा समेत नाम कमाएको यस जिल्लाको उन्नति र प्रगतिबाट समग्र नेपालको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने मेरो विश्वास रहेको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल एवं पवित्र मुक्तिनाथ मन्दिर परिसरमा स्थापित भगवान बुद्धको प्रस्तर मूर्तिको अनावरण तथा भगवान विष्णुको प्रस्तर मूर्तिको शिलन्यास गर्ने यस कार्यक्रममा सहभागी हुन पाएकोमा मलाई अत्यन्त खुसी लागेको बताउनु भयो । उहाँले भन्नुभयो यस मन्दिर परिसरमा भगवान विष्णुको प्रतिमा शिलान्यास र भगवान बुद्धको प्रतिमा अनावरण एकैसाथ सम्पन्न गर्न पाउनुलाई मैले एक ऐतिहासिक अवसरको रूपमा मैले लिएको छु ।

हिन्दु र बौद्ध समुदायको साझा आस्थाको केन्द्रको रूपमा रहेको मुक्तिनाथ क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्व अझ बढ्न जाने मैले विश्वास लिएको उहाँले जनाउनु भयो । राष्ट्रपतिले भन्नुभयो हाम्रो नेपालभूमि हिन्दु र बौद्ध धार्मिक परम्परा, सभ्यता तथा आस्थाको अतुलनीय संगम रहेको ऐतिहासिक यथार्थलाई आजको कार्मक्रमले गहिरो गरी आत्मसात गरेको मैले महसुस गरेको छु ।

राष्ट्रपति भण्डारीले बहुसांस्कृतिक आयाम बोकेर शदिऔंको इतिहास समेटेको तथा विश्वभरिका हिन्दु र बौद्धहरूका लागि आस्थाको धरोहरको रूपमा रहेको मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिर नेपालकै एक विशिष्ट धार्मिक तथा सांस्कृतिक सम्पदा भएको जनाउनु भयो । उहाँले भन्नुभयो नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित यस क्षेत्रको महत्वलाई हाम्रा पौराणिक ग्रन्थहरूले ठूलो सम्मानका साथ उल्लेख गरेका छन् । जीवन र मुक्तिको बाटो देखाउने यस पवित्र तीर्थस्थलले हरेक नेपालीका मनमा सुन्दरता, सभ्यता र प्राकृतिक छटाको गहिरो प्रभाव निर्माण गरेको छ ।

गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष‚ उद्यमी एवं समाजसेवी सोनाम लामाले मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई अझै व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने अभिप्रायले निजी लगानीमा भगवान विष्णु र भगवान बुद्धको प्रस्तर मूर्ति निर्माण गराउनु भएको हो ।