१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै पाल्पाको ‘गङ्गा मावि’

शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै पाल्पाको ‘गङ्गा मावि’
अ अ+ अ-

रामपुर (पाल्पा) । गङ्गा माध्यमिक विद्यालयको हाताभित्र प्रवेश गरेपछि सबैको नजर बाल उद्यानमै तानिएको हुन्छ । भनिन्छ, बालबालिकालाई सानैदेखि नै राम्रो वातावरण दिन सकियो भने उनीहरूको भविष्य सुन्दर र उज्ज्वल बन्छ । यहीँ भनाइको सुरुआत गङ्गा माविबाट भएको छ ।

बालबालिकाको खेल संस्कार विकास गर्न र उनीहरूलाई समयानुकूलको शिक्षा प्रदान गर्न पाल्पाकै नमूना विद्यालयका रूपमा रहेको रामपुर नगरपालिका–८ स्थित गङ्गा माविमा सो अभ्यासको थालनी भएको छ । यहाँको शैक्षिक वातावरणले विद्यालयभित्र पुग्ने जो–कसैलाई पनि लोभ्याउँछ । बालबालिका खेल्दै, पढ्दै गरेको दृश्यले उनीहरूको सुन्दर भविष्यको रेखा कोरिएको छ ।

गाउँका शैक्षिक संस्थामा यस्तो व्यवस्था खासै पाइँदैन । त्यसमा पनि सामुदायिक विद्यालयमा निर्माण भएको बाल उद्यानले शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । यहाँको विद्यालयमा बालविकासलाई प्राथमिकता दिँदै उनीहरूको खेल्ने र मनोरञ्जन गर्ने अधिकारलाई प्रत्याभूत गराउँदै बाल उद्यान अर्थात् बालसंसार निर्माण गरेपछि शैक्षिक क्षेत्रमा यसले नौलो आयाम थपेको छ ।

स्थानीयवासी तथा नेपाल सरकारका पूर्व राष्ट्रसेवक कर्मचारी कृष्णप्रसाद पौड्याल र गोविन्दप्रसाद पौड्यालद्वारा स्व पिता जयलाल एवं माता कौशल्यदेवीको सम्झनामा बाल उद्यान तयार पारिएको हो । करिब रु २० लाखको लगानी परेको बाल उद्यानमा पौड्याल परिवारको रु १३ लाख बराबरको सहयोग छ । बाँकी रकम आवश्यक खेलजन्य सामग्रीमा विद्यालयले खर्चेको छ । बाल उद्यानको संरचना सबै पौड्यालकै लगानीमा बनेको हो ।

यहाँ निर्माण गरिएको बाल उद्यानको गत असोज २३ गते जापानी नागरिक काजुमासा काकिमी ९ओकेबाजे०ले उद्घाटन गर्नुभएको हो । उद्यान विद्यालयलाई हस्तान्तरण गरिएको छ । सो उद्यानमा आठ पिङ, चिफ्लेटी, बिगप्ले स्टेशनलगायत विभिन्न खेलका सामग्री छन् । तल्ला कक्षाका बालबालिकालाई लक्षित गरेर उद्यान तयार पारिएको हो । एकैपटकमा ५० देखि ६० जनासम्म साना बालबालिका अट्ने क्षमता छ । यस उद्यानले खेल संस्कारको विकास भएको छ ।

समाज परिवर्तन गर्नका लागि बालबालिकाबाट सुरु गर्नुपर्छ भनेर समाजमा सकारात्मक सन्देश दिन र उनीहरूको सर्वाङ्गीण विकासका लागि बाल उद्यानमा लगानी गरेको पूर्व राष्ट्रसेवक कर्मचारी पौड्याल बताउनुहुन्छ । “बालबालिकालाई असल नागरिक बनाउने कुरा गर्छौँ तर हामीले राम्रो वातावरण दिन सक्दैनौँ, उनीहरूको शारीरिक, बौद्धिक र सकारात्मक भावनाको विकास जबसम्म हुँदैन तबसम्म असल नागरिक बनाउन धेरै कठिन हुने भएकाले बालबालिकामा लगानी गर्न कन्जुस्याइँ गर्नु हँुदैन”, उहाँले भन्नुभयो ।

विद्यालयबाट होस् या घरपरिवार, समाजबाट बालबालिकालाई महत्व दिएर काम गरियो भने विकासको सुरुआत त्यहीँबाट हुने उहाँको भनाइ छ । सानैदेखि नै बालबालिकालाई राम्रो वातावरण दिन सकियो भने भविष्यमा ठूलो मान्छे बनेर उनीहरूबाट हामीले धेरै फाइदा लिन सक्ने भएकाले लगानी गर्न पछि नहट्न सम्बन्धित निकाय, व्यक्तिसँग उहाँको आग्रह छ ।

महिला तथा बालबालिका विभागको महानिरीक्षक पदमा रहँदा नै बालबालिकामा लगानी गर्नुपर्छ भन्ने अवधारणाको सुरुआत गरेको र सो अवधारणालाई अहिले सेवा निवृत्त भएपछि सामाजिक, शैक्षिक क्षेत्रमा अगाडि बढाएको उहाँ बताउनुहुन्छ । “महिला उत्पीडनमा छन्, बालबालिका वितृष्णामा पर्छन्, यो सानैदेखि राम्रो शिक्षा दिन नसकेर भएको हो”, उहाँले भन्नुभयो, “हाम्रो समाजमा पछिल्लो समय महिला हिंसा, बालहिंसाका घटना बढिरहेका छन्, बालबालिकामा राम्रो वातावरण दिन नसक्दा समाजमा यस्ता क्रियाकलाप हुने गरेका छन्, त्यसकारण सानैदेखि उनीहरूलाई संस्कारसहितको वातावरण हामीले सिर्जना गरिदिनुपर्छ ।”

राम्रो वातावरण दिनका लागि महिला तथा बालबालिका विभागमा कार्यरत रहँदादेखि नै देशभर केही गर्नुपर्छ भनेर अभियान चलाएको पौडेल बताउनुहुन्छ । गङ्गा माविबाट सुरुआत गरेको अभियानलाई अब अतिक्रमणमा परेका सार्वजनिक जग्गामा बाल उद्यान तयार पार्नुपर्ने उहाँको भनाइ छ । बाल विकासका लागि उहाँ आफैँ सार्वजनिक जग्गा संरक्षण र बालहित संसार अभियानको संयोजक भएर लाग्नुभएको छ ।

सार्वजनिक जग्गाको सम्पत्ति संरक्षणका लागि बाल खेल संसार अभियान सुरुआत गरियो भने त्यसले जग्गाको संरक्षण र बालबालिका खेल्ने उद्यानको विकास हुनेछ । अतिक्रमण गरेका सार्वजनिक जग्गा पनि मुक्त गराउन रामपुरमा यस अभियानको थालनी गर्न समिति बनाइएको छ । व्यक्तिको लगानी हुँदा सामाजिक अपनत्व कम हुने भएकाले यस अभियानलाई स्थानीय सरकारले सहयोग ग¥यो भने नगरपालिका तथा समाजको अपनत्व धेरै बढ्ने उहाँ बताउनुहुन्छ ।

सरकारी सेवामा करिब २८ वर्ष सेवारत उहाँ सात वर्षअघि महिला तथा बालबालिका विभागको महानिरीक्षक पदबाट निवृत्त भएपश्चात् सामाजिक अभियानमा लाग्नुभएको छ । आफूले सरकारी सेवामा रहँदा नै सुरु गरेको यो अभियानलाई देशव्यापीरूपमा अगाडि बढाउने उहाँको सोच छ ।

अहिलेको समयमा एकोहोरो कक्षाकोठाभित्रै पढाएर परिवर्तन गर्न गाह्रो स्थितिमा यस उद्यानले बालविकासको छिटो परिवर्तन हुने, पढाइमा विद्यार्थी आकर्षित बन्दै गएको बताउनुहुन्छ, गङ्गा माविका प्रधानाध्यापक देवराज देवकोटा ।

“बाल उद्यानले विद्यालयमा असाध्यै रौनकता ल्याएको छ, विद्यार्थीबाट उद्यान सञ्चालनवापतको विद्यालयले शुल्क लिएको छैन, खेल संस्कारको विकास भएको छ, बालबालिकाको रेखदेखका लागि चार शिक्षक खटाएका छौँ”, प्रअ देवकोटाले भन्नुभयो ।

असल नागरिक तयार पार्नलाई बालबालिकालाई खेलतर्फ आकर्षित गर्न अतिआवश्यक छ । सो बाल उद्यानमा अहिले बालबालिका रमाउँदै पढ्ने, खेल्ने गर्दा विद्यालयको शैक्षिक माहोल नै बदलिएको शिक्षक कृष्णप्रसाद घिमिरेले बताउनुभयो । बाल उद्यानले विद्यालय आउन अप्ठ्यारो मान्ने, पढाइमा चासो नदिने बालबालिकाको पठनपाठनप्रति रुची बढाएको छ । रासस