२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोषणापत्रका प्रतिबद्धता पूरा गर्छौँः पूर्वमन्त्री गुरुङ



अ+ अ-

तनहुँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा बिहीबार आयोजित घरदैलो अभियानका क्रममा पूर्वमन्त्री गुरुङले एमालेले सार्वजनिक गरेका घोषणापत्र कार्यान्वयन हुने बताए ।

तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङले एमालेले जे बोल्छ त्यो गर्ने दाबी गर्दै सार्वजनिक गरिएको २० ग्यारेण्टीसहितको घोषणापत्र कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे । “मङ्सिर ४ गते हुने निर्वाचनपछि अध्यक्ष केपी ओली नेतृत्वमा बहुमतको सरकार बन्छ, एमाले नेतृत्वमा देश विकासले सार्थक रुप लिन्छ”, गुरुङले भने ।

देश विकासको सङ्कल्प बोकेर एमाले चुनावी अभियानमा होमिएको भन्दै गुरुङले सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गरेरै छाड्ने दाबी गरे । तनहुँ क्षेत्र नं २ मा एमालेले सुरु गरेको विकास अभियानलाई निरन्तरता दिन आफू उम्मेदवार बनेको गुरुङले प्रष्ट पारे । “सडक, खानेपानी, बाटोका काम अगाडि बढेका छन्, यसलाई निरन्तरता दिनु छ, एमालेको विकास अभियानका कारण जनताको आकर्षण बढेको छ”, उहाँले भने ।

प्रदेशसभा (२) का उम्मेदवार केदार सिग्देलले राष्ट्रियताको सवालमा एमाले दृढ रहेको भन्दै विकास निर्माणका लागि आफूहरू सधैँ जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरे । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । निर्वाचन आयोगले आजदेखि कोणसभा, जुलुस, ¥याली गर्न अनुमति दिएसँगै राजनीतिक दल तथा उम्मेदवार त्यसको तयारीमा जुटेका छन् ।

तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ५७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । मतदाताले उम्मेदवारसँग देशमै रोजगारी व्यवस्था, सडक स्तरोन्नति, खानेपानी व्यवस्था, समयमै मलको व्यवस्थापन हुनुपर्नेलगायतका माग राख्दै आएका छन् ।