६ श्रावण २०८३, बुधबार
,
Latest
हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसीप: नेपालले भूटानलाई हरायो



अ+ अ-

 

काठमाडौँ । पन्ध्र वर्षमुनि (यु–१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भूटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

बङ्गलादेशको ढाकामा आज भएको खेलमा भूटानलाई ७–० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा चार गोल ग-यो भने खेलको दोस्रो हाफमा तीन गोल थप्योे ।

नेपालको जितमा वर्षा ओलीले चार गोल गरिन् भने सुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् । वर्षाले खेल सुरुआती मिनेटमा पहिलो गोल गर्दै नेपालको खाता खोलिन् । त्यस्तै उनले खेलको १७औँ मिनेटमा दोस्रो गोल गरिन् भने खेलको ३४औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसैगरी उनले खेलको ३५औँ मिनेटमा थप एक गोल गरिन् ।

नेपालकी अर्की खेलाडी सुक्रियाले खेलको ६५औँ मिनेटमा गोल गरिन्् भने उनले खेलको ७२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसैगरी नेपालकी अर्की खेलाडी सेनु परियारले खेलको ८५औँ मिनेटमा एक गोल गर्दै नेपाललाई ७–० गोलको जित दिलाइन् ।

यसअघि भएको उद्घाटन खेलमा बङ्गलादेशले भूटानलाई ८–० गोलअन्तरले हराएको थियो । प्रतियोगितामा बङ्गलादेशसँगै नेपाल र भूटानको सहभागिता रहेको छ । अब नेपालले आफनो दोस्रो खेल यही कात्तिक १८ गते बङ्गलादेशसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।रासस




भर्खरै