२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा हुने अन्तर्राष्ट्रिय ह्विलचेयर बास्केलबल प्रतियोगितामा नेपालबाट २४ खेलाडी सहभागी हुँदै



अ+ अ-

काठमाडौं । यही कार्तिक २० गतेदेखि भारतमा हुन गइरहेको ६ दिने आईसिआरसी अन्तर्राष्ट्रिय ह्विल चेयर बास्केलबल टुर्नामेन्ट प्रतियोगिताको तेस्रो संस्करणमा नेपालबाट २४ जना खेलाडी सहभागी हुने भएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघले नोभेम्बर ६ ९कात्तिक २०० देखि नोभेम्बर ११ (कात्तिक २५ गते) सम्म हुने प्रतियोगितामा नेपालबाट खेलाडीसहित ३२ जनाको टोली भारत जाने जानकारी गराएको हो ।
प्रतियोगिता भने संघको नेतृत्वमा आईसिआरसी, प्यारालाम्पिक कमिटि अफ इन्डिया र ह्विलचेयर बास्केटबल फेडेरेशन अफ इन्डियाको संयुक्त आयोजनामा भारतको नयाँ दिल्ली (नोएडा)मा हुन लागेको हो ।

६ दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपालले महिला र पुरुष दुई टिमलाई सहभागी गराउनेछ । सो प्रतियोगितामा पुरुषतर्फ अफगाननिस्तान, बंगलादेश, कम्बोडिया, गाजा, इन्डिया, लिबिया, नेपाल र सिरियागरी आठ देशबाट टिम सहभागी हुनेछन् । त्यसैगरी, महिलातर्फ कम्बोडिया, भारत र नेपालगरि तीन देशबाट तीन वटा टिमको सहभागी हुने संघले जनाएको छ ।

संघकी अध्यक्ष देवी आचार्यले प्रतियोगिताको लागि नेपालबाट ३२ जनाको टोली कार्तिक १९ गते भारततर्फ प्रस्थान गर्ने जानकारी दिएकी छिन् । जसमध्ये १२ जना महिला खेलाडीहरु र १२ जना पुरुष खेलाडी गरि जम्मा २४ जना खेलाडीहरु सहभागी हुने उनको भनाई छ ।
संघकाअनुसार खेलाडीको साथै फिजियोथेरापिष्ट मदन गौतम र महिला कोच असिसटेन्ट सञ्जोक थापालगायत अपांगता भएका व्यक्तिहरु नै भारत जाने छन् ।

प्रतियोगितामा पुरुष टिमको कप्तानीमा रामबहादुर तामाङ्ग र महिला टिमको कप्तानीमा लक्ष्मी घिमिरे रहनेछन् भने कोचको जिम्मेवारी पुरुषतर्फ हिमाल अर्याल र महिलातर्फ देबी आचार्यलाई दिइएको छ । त्यसैगरी, राजेन्द्र खनालले महिला खेलाडीको व्यवस्थापन गर्ने र दिलिप सापकोटाले पुरुषतर्फका खेलाडीहरुको व्यवस्थापन गर्ने जिम्मेवारी पाएका छन् ।

संघले खेलकुदका लागि आर्थिक अभाव हुँदाहुँदै पनि गत भदौ २७ गतेदेखि कार्तिकक १६ गतेसम्म खेलाडीहरुलाई प्रशिक्षण तालिम सञ्चालन गरेको अध्यक्ष आचार्यले सुनाईन् ।