२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रीको मासु बिक्री गर्ने पक्राउ



अ+ अ-

काठमाडौं । बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । खसीको मासु भनेर बाख्रीको मासु विक्रि गर्ने चार जनलाई कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज विहान पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् । उनिहरुलाई शनिबार बिहान पाँच बजे कलंकीको खसी बजारबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुले बाख्रीको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रीसहित तयारी अवस्थामा रहेको मासु पनि प्रहरीले बरामद गरेको छ ।