२७ मंसिर २०८१, बिहीबार
,
Latest
अमेरिकी डलर देखाई साढे छ लाख ठगी गर्ने दुई पक्राउ प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थस्थलको रूपमा स्थापित गर्न सकिन्छः प्रधानमन्त्री बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई लेजेन्ड क्रिकेटर ब्रायन लारा भोलि नेपाल आउँदै भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल ‘सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवद्र्धन परियोजना’ सुरु परराष्ट्रमन्त्री डा देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट संसदको आगामी अधिवेशनमा औषधि सम्बन्धी विधेयक दर्ता हुन्छः स्वास्थ्यमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः पुलिसको लगातार तेस्रो जित



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा लगातार तेस्रो जितको क्रममा पुलिसले लुम्बिनीलाई ६ विकेटले हराएको हो ।

लुम्बिनीले दिएको १ सय ८९ रनको लक्ष्य पुलिसले ३७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसका कप्तान दिपेन्द्रसिंह ऐरीले अविजित ४३ रनको इनिङ खेले । उनले ६६ बलमा चार चौका प्रहार गरे ।

ओपनर ब्याटर सुनिल धमलाले २६ बलमा ३६ रन बनाए । अर्का ओपनर कुशल भुर्तेल ४१ बलमा ३२ रन बनाउँदै क्याच भए । अर्का ब्याटर अमित श्रेष्ठले २८ रन बनाए ।

लुम्बिनीका लागि अनिल खरेलले सर्वाधिक २ विकेट लिए । दुर्गेश गुप्ताले १ विकेट लिए ।
पहिला ब्याटिङ गरेको लुम्बिनीले ४४.२ ओभरमा १८८ रनमा अल आउट भएको थियो । कप्तान देव खनालले सर्वाधिक ७४ रनको अर्धशतकीय पारी खेले । उनले ८८ बलमा ७ चौका र २ छक्का प्रहार गरे । तेस्रो क्रमका ब्याटर प्रज्वल थापाले २३ रन बनाए ।

पुलिसका लागि कप्तान दिपेन्द्र सिंहले सर्वाधिक ४ विकेट लिए । सागर ढकाल र करण केसीले समान २–२ विकेट लिए ।