१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, के होला कक्षा १२ को परीक्षा



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बोर्डको बैठक बस्ने भएको हो । 

बोर्डको आज बस्ने बैठकले परीक्षा सञ्चालन गर्ने वा स्थगित गर्ने भन्ने विषयमा निर्णय गर्नेछ । शिुक्रबार स्वास्थ्य मन्त्रालयले कक्षा १२ लगायत सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेपछि बोर्डको बैठक बस्न लागेको हो । 

कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले भौतिक उपस्थितिमा हुने सबै तहका परीक्षा रोक्न स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई सिफारिस गरेको थियो ।

सीसीएमसीले कोरोना संक्रमण बढेको काण तत्काल परीक्षा गर्न नसक्ने आशयको पत्र पठाएपछि परिक्षा बोर्डको बैठक बस्न लागेको हो ।