२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेलधुरा निर्वाचन: कांग्रेसका दुई पूर्वजिल्ला सभापतिको समर्थन कर्ण मल्ललाई



अ+ अ-

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा डडेल्धुरामा नेपाली कांग्रेसका दुई पूर्वजिल्ला सभापतिले कर्ण मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

पूर्वजिल्ला सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले पार्टी केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको साथ छोडेका छन् । डडेल्धुरामा प्रधानमन्त्री देउवा प्रतिनिधिसभाकाउम्मेदवारसमेत रहनुभएको छ ।

दुवै पूर्वजिल्ला सभापतिले संयुक्त विज्ञप्ति निकाल्दै डडेलधुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट केही सीमित व्यक्तिले आम जनतामाथि अन्याय गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा जनताकै मत प्राप्त गरी अन्याय, अत्याचार, शोषण र दमन गरेकाले प्रतिनिधिसभामा कर्ण मल्ल र प्रदेशसभामा ताराप्रसाद जोशीलाई जिताउने बताएका छन् ।

डडेल्धुरामा कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका मल्ल यसपटक कांग्रेस विपीबाट उम्मेदवार भएका छन् ।