२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला एशियन कप छनोट खेलमा नेपाल समूह बी



अ+ अ-

काठमाडौँ । एएफसी यु–२० (२० वर्षमुनि) उमेर समूहको महिला एशियन कप छनोट खेलमा नेपाल समूह बी मा परेको छ ।

एशियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बी मा परेको हो । नेपालको समूहमा प्यालेष्टाइनल, संयुक्त अरब इमिरेट्स (युएई) र नर्दन मारियाना आइल्याण्ड छन् । समूह बी को खेल प्यालेष्टाइनले आयोजना गर्नेछ । उक्त खेल आगामी मार्च ४ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ ।

छनोट खेलमा सहभागी ३१ राष्ट्रका खेलाडीलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता टोलीले दोस्रो चरणका लागि स्थान बनाउनेछन् । दोस्रो चरणमा उत्कृष्ट हुने चार टोलीले सन् २०२४ को मार्च ३ देखि १६ तारिखसम्म उज्वेकिस्तानमा आयोजना हुने यु–२० महिला एशियन कपमा सहभागिता जनाउनेछन् ।