३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मिस अर्जेन्टिना र मिस पुएर्टो रिकोले गरे एकापसमा विवाह



अ+ अ-

काठमाडौं । पूर्वमिस अर्जेन्टिना र पूर्वमिस पुएर्तो रिकोले विवाह गरेको घोषणा गरेका छन् । उनीहरुले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरेका हुन् ।

मारियाना भरेला र फाबिओला भ्यालेन्टिन सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेसनलमा अर्जेन्टिना र पुएर्तो रिकोको प्रतिनिधित्व गरेका थिए ।

उक्त सौन्दर्य प्रतियोगिताको अन्तिम १० मा स्थान बनाएका उनीहरु सामाजिक सञ्जालमा नजिकका साथीहरू बनेका थिए। त्यसयता फ्यानलाई थाहा नदिइकन उनीहरुले गोप्य रुपमा डेटिङ पनि गरिरहेका थिए ।

जहाँ उनीहरुले गत अक्टोबर २८ मा विवाह गरेका हुन् । पुएर्तो रिको सहरको अदालत बाहिर उभिएर खिचेको तस्बिर इन्स्टाग्राममा राख्दै ‘हाम्रो सम्बन्धलाई गोप्य राख्दै हामीले विशेष दिनका लागि ढोका खुला गरेका छौं,’ क्यापसन सहित फोटो पोस्ट गरेका थिए ।

फ्यान, सेलिब्रिटीहरु र पेजेन्टका अन्य प्रतिस्पर्धीले यो आकर्षक तस्वीर र घोषणाको लागि उनीहरुलाई बधाई दिएका छन् ।