६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१५ महिला साफ च्याम्पियनसिप: नेपाल र भुटान भिड्दै



अ+ अ-

काठमाडौं । बंगलादेशको ढाकामा जारी यू-१५ महिला साफ च्याम्पियनसिप नेपाल र भुटान भिड्दैछन् । उपाधी जित्ने लक्ष्य राखेको नेपालले पहिलो खेल खेल्न लागेको हो । खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

यस अघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० अन्तरले पराजित गरेको थियो ।

नेपाली टोलीमा गोलकिपर– राधिका ओली, सुजता तामाङ, रुपा धिमाल, रक्षक– सिता रोकाया,दिपा मगर, अञ्जना पुन मगर,अमिता भुल, विपना स्नेही ,रेणु लिम्बु, डोल्मा लामा, मिडफिल्डर– सिम्रन राई,पुनम चेम्जोङ,भाजना परियार, सबिता मण्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन, स्ट्राइकर– दिपा रोकाया (कप्तान),समिक्षा मगर, वर्षा ओली र सेनु परियार रहेका छन् ।