१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

नेपाली अर्गानिक चियाको अमेरिकी बजारमा माग बढ्दो

नेपाली अर्गानिक चियाको अमेरिकी बजारमा माग बढ्दो
अ अ+ अ-

वासिङ्टन डिसी । अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीहरुले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुकलिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली टि र नेपाली कफी ८८४८ नामका कम्पनीहरुको चिया ग्राहकहरुले स्वाद लिन पाएका थिए । नेपालको न्यूयोर्कस्थित कन्सुलेट जनरलको कार्यालयले महोत्सवमा भाग लिनका लागि समन्वय गरेको थियो । 

कार्यवाहक कन्सुलर जनरल विष्णु गौतमले रासससँग संक्षिप्त कुरा गर्दै यस्ता प्रदर्शनीमा सहभागिताले नेपालको पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँच वृद्धि गर्न मद्दत गर्ने बताउनुभयो । “चिया तथा कफीका लागि अन्तर्राष्ट्रिय बजार निकै प्रतिस्पर्धी छ, त्यसका लागि नेपालमा यस व्यवसायमा लाग्नुभएका व्यवसायीहरुले अर्गानिक उत्पादनमा ध्यान दिन जरुरी देखिन्छ ।”
 
अमेरिकामा विगत छ वर्षदेखि नेपालमा उत्पादित चियाको प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्दे आउनुभएका नेपाल टि एलएलसीका संस्थापक निश्चल बाँस्कोटा महोत्सवमा सहभागिता जनाएर नेपाली चियाको प्रवद्र्धनमा मद्दत पुगेको बताउनुहुन्छ । अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने चिया तथा कफीसम्बन्धी प्रदर्शनीहरुमा समेत सहभागिता जनाउँदै आउनुभएका बाँस्कोटा नेपालको अर्गानिक चियाको राम्रो बजार भएको र यसमा उपभोक्ताको माग बढ्दै गएको बताउनुहुन्छ । 

“हामीले अमेरिकाको बजारमा नेपालका कृषकहरुले उत्पादन गरेका अर्गानिक चियालाई सिधै उपभोक्तासम्म पुर्याउनका लागि पहल गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “विश्व बजारमा चियामा उच्च प्रतिस्पर्धा छ तर नेपाली माटोको चियाले अन्तर्राष्ट्रिय अवार्डसमेत पाएकाले उपभोक्तामाझ पुर्याउन सहज महसुस गरेका छौँ ।”