१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

अमेरिकाको आयोवामा रहेका नेपालीले सयुक्त रुपमा मनाए बिभिन्न पर्व

अमेरिकाको आयोवामा रहेका नेपालीले सयुक्त रुपमा  मनाए बिभिन्न पर्व
अ अ+ अ-

आयोवा । अमेरिकाको आयोवामा बसोबास गरेका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै वडादसैँ तिहार तथा छठको अबसरमा बिभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

गत साता आयोवाराज्यको युनिभर्सिटी अफ आयोवामा रहेको नेपाली विद्यार्थी हरु को संस्था नेपाली विद्यार्थी संघ आयोवाले आयोजना गरेको दशैं तिहार छठ कार्यक्रममा त्यस क्षेत्रमा बसोबास गरिहेका नेपाली बिद्यार्थी ,बिभिन्न पेशा तथा व्यवसाय गरिहेका नेपाली सहित बिदेशी बिद्यार्थीहरुको समेत सहभागीता रहेको थियो ।

युनिभर्सिटी अफ आयोवा कलेजमा हस्पिटल साइडमा कार्यरत बरिष्ठ कम्प्युटर ईन्जिनियर राजेन्द्र सेढाईले  करिव १३० जना भन्दा बढी व्यक्ति सहभागी भएका कार्यक्रमले नेपाली समुदायलाई एकै ठाउमा जुटाउने अबसर दिएको बताउनु भयो ।

अमेरिकी जीवनशैलीमा व्यस्त भएर आफ्नो जीवनयापन चलाइरहेका नेपालीलाई यस्ता चाडवर्वले आपसी भाइचारा र सम्बन्धमा विस्तार भएको र कुनै महत्वपूर्ण अवसर या कसैलाई गाह्रो सारो पर्दा पनि एकजुट हुन सजिलो भएको भएको आयोवामा बस्दै आउनु भएका ध्रुब अर्यालले बताउनु भयो ।

कोरोना महामारीपछि आफ्ना नजिकका आफन्तजनसँग कुराकानी, भेटघाट गर्न कठिन भएो तर यस्ता पर्वले एक राज्यबाट अर्को राज्यसम्म यात्रा गर्ने गरेका पनि उहाँले बताउनु भयो। कोरोना महामारीका कारणले आक्रान्त बनेको अमेरिकामा बस्दै आएका नेपालीमा विगतको तुलनामा आपसी सहकार्य र सम्बन्ध पनि वृद्धि हुँदै गएको छ ।

सय वर्षपछि ठप्प भएको अमेरिकी जनजीवनलाई नजिकबाट भोग्न पाएका आप्रवासी नेपालीलाई आफ्नो चाडबाड र आफन्तको खोजीमा चासो हुन थालेको देखिन्छ ।काममा सधै व्यस्त रहनुपर्ने भएकाले एकअर्कासँग भेटघाट गर्न र परिवारसँग समय बिताउन चाडबाडले महत्वपूर्ण सेतुको काम गरेको छ ।

यस्ता कार्यmत्रमले नेपाली भाषा, संस्कृतिको जगेर्नाका लागि दोस्रो पुस्तालाई जानकारी गराउन पनि महत्वपूर्ण भूमिका रहेको छ । अनेकतामा एकता सांस्कृतिक पर्वको विशेषता भने झैँ अमेरिकामा पनि यस्ता पर्वले विस्तारै नेपाली आप्रवासीको महत्वपूर्ण पर्वका रुपमा मान्यता पाउँदै गएको देखिन्छ ।