२८ भाद्र २०८३, आईतवार
,
Latest
आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए युकेका अध्यक्षमा गाहामगर



अ+ अ-

लण्डन । गैरआवसीय नेपाली सङ्घ बेलायतका अध्यक्षमा प्रेम गाहामगर विजयी हुनुभएको छ । पहिलो पटक अनलाइन मतदानमार्फत निर्वाचन सम्पन्न भएको थियो । 

झण्डै साढे ११ हजारले गरेको मतदानबाट अध्यक्ष गाहामगरले चार हजार पाँच सय ७४ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपाध्यक्षमा सुनिलबाबु खड्काले चार हजार एक सय ६९, गोविन्द खरेलले तीन हजार ६ सय ६५, नारायण कंडेलले ४हजार चार सय ९५ , मोहन कार्कीले चार हजार पाँच सय ९५ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

यस्तै महिला उपाध्यक्षमा सकुन्तला गुरुङ, महासचिवमा खुसी लिम्बू,सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले, कोषाध्यक्षमा विष्णु खरेल, सह–कोषाध्यक्षमा शशाङ्क शर्मा, युवा संयोजकमा तीर्थबहादुर मल्ल, महिला संयोजकमा विमला लिम्बू र सदस्यमा  उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही,  इन्दिरा खनिया, हिरा ९दीपक० सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भीम खनाल  र बालकृष्ण दाहाल विजयी हुनुभएको छ ।

त्यसैगरी क्षेत्रीय समितिमा  इङल्यान्ड राज्य परिषद्का अध्यक्षमा एलबीजेड गुरुङ र स्कटल्यान्ड परिषद्का अध्यक्षमा काशिराम भण्डारी विजयी हुनुभएको निर्वाचन पर्यवेक्षक भगिरथ योगीले जानकारी दिनुभयो ।

निर्वाचन समितिले गत सोमबार नेपाल पत्रकार महासङ्घ युके शाखाका अध्यक्ष ध्रुव अर्याल, निवर्तमान अध्यक्ष नरेश खपाङगीमगर र वरिष्ठ सञ्चारकर्मी योगीलाई निर्वाचन पर्यवेक्षक रुपमा जिम्मेवारी दिएको थियो ।