• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति

काठमाडौँ महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्ने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिक जानकारी गराउनु भएको हो । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उहाँले सो सञ्जाल एक हप्ता भित्र सबै वडाहरुमा गठन गरिसक्न पनि वडाहरुलाई निर्देशन दिनु भयो । महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहनु भएकी उपमेयर डंगोलले सो सञ्जालमा काम गर्दाखेरी पुरुषहरुमाथि कुनै पनि किसिमको विभेद नहुने पनि पटकपटक दोहोर्याउनु भयो ।

उहाँले भन्नु भयो, ‘महिला सञ्जाल वडावडामा गठन गर्नुपर्छ भन्ने अभियान अघि बढाएका छौं । न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो । कुनै पनि द्वन्द्वको निरुपण गर्ने विधि भनेको मेलमिलाप नै हो । मेलमिलाप गराउनका लागि वडावडामा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ । महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरी न्याय निरपण गरिन्छ । अव वडा वडामा एक हप्ता भित्र महिला सञ्जाल गठन गरिसक्न हुन म आग्रह गर्दछु ।’

काठमाडौं महानगरपालिकाले यस अघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताउनु भयो ।